भरतपुर अस्पतालमा अख्तियारको छापा

भरतपुर अस्पतालमा अख्तियारको छापा

१७ भदौ, चितवन।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुर अस्पतालमा छापा मारेकाे छ । अस्पतालले सञ्चालन गरेको फार्मेसीमा अनियमितताको उजुरी परेपछि अख्तियारको टोलीले छापा मारेकाे हाे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट उपसचिव विष्णु प्रसाद सापकोटासहित ५ जनाको टोली अस्पतालमा पुगेको छ । टेन्डर सहभागी नै नभएको फर्मबाट औषधि खरिद गरेको, फार्मेसीका तर्फकालाई नदिएर सिएमएलाई प्रमुखको जिम्मेवारी दिएको, न्युनतम औषधि समेत उपलब्ध नगराएको लगायतको उजुरी परेको  छ ।

सापकोटाले अनुसन्धानका लागि आवश्यक कागजात नियन्त्रणमा लिने काम भइरहेको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.