पूर्वसचिव श्रीकान्त रेग्मीको निधन

पूर्वसचिव श्रीकान्त रेग्मीको निधन

१७ भदाै, काठमाडाैँ ।

नेपाल सरकारका पूर्वसचिव श्रीकान्त रेग्मीको आज बिहान ७१ वर्षको उमेरमा निधन भएको छ । केही वर्षदेखि मिर्गौला र मधुमेह रोगबाट पीडित रहेका उनको आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।

लामो समयसम्म गृहसचिव रहेका उनी एक कुशल प्रशासकका रूपमा चिनिन्छन् । उनका प्रशासन सुधारसम्बन्धी थुप्रै लेख, रचना तथा अन्तर्वार्ताहरू प्रकाशन, प्रसारण भएका छन् ।

उनकी श्रीमती र दुई छोरा रहेका छन् । छोरा विदेशमा रहेकाले उनी स्वदेश फर्केपछि मात्रै अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.