विपत्तिमा परेका नागरिकको जीवनरक्षामा ध्यान दिन गृहमन्त्रीको निर्देशन

विपत्तिमा परेका नागरिकको जीवनरक्षामा ध्यान दिन गृहमन्त्रीको निर्देशन

१७ भदाै, काठमाडौँ ।

गृहमन्त्री बालकृष्ण खाँणले प्राकृतिक विपत्तिमा परेका नागरिकको जीवन रक्षामा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

उनले कास्की, तनहुँ र दाङका विभिन्न क्षेत्रमा विपद्का कारण धनजनको क्षति भएका दुखद घडीमा तत्तत् जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई नागरिकको जीवनको रक्षाका लागि उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरेर काम गर्न भनेका छन्।

तीन वटै जिल्लामा भएका मनसुनजन्य घटनाका बारेमा जानकारी लिँदै उहाँले विपद् जोखिम न्यूनीकरणमा सक्रियतापूर्वक लाग्न पनि आग्रह गरे ।

गृहमन्त्री खाँणले कास्कीका प्रजिअ थानेश्वर गौतम र तनहुँका सागर आचार्यसँग लगातारको वर्षात्पछिको पहिराले पुर्‍याएको क्षतिबारे जानकारी लिएका हुन् भने दाङमा बिहान भएको कार दुर्घटनाबारे प्रजिअ रामबहादुर कुरुम्बाङसँग जानकारी लिएका हुन्

तनहुँका प्रजिअ आचार्यले जिल्लाको भानु नगरपालिकाको–११ मानेचौकामा गएको सुक्खा पहिराका कारण १२ घर जोखिममा परेको र उनीहरूलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए। “ती परिवारका लागि अस्थायी टहरा बनाउने काम सशस्त्र प्रहरीले गरिरहेको छ”, उनले भने ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले पोखरा महानगरपालिकाको–२० र ११ मा गएको पहिरामा परी तीन जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेको जानकारी गराए ।

उनले पाँच जनाको घाइते अवस्थामा उद्धार गरिएको र बेपत्ताको अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार जारी राखेको जानकारी दिए ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सिस्ने खोलाले ३–०१–०२४ च ४४४० नंको कार बगाउँदा घोराही उपमहानगरपालिका–१५ का विमला केसी र राधा कुँवर तथा घोराही उपमहानगरपालिका–१३ का नीतामाया पुन र सुशीला श्रेष्ठको मृत्यु भएको गृहमन्त्री खाँणलाई जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.