प्रदेश २ मा एमालेका १० सांसदले रोजे नेकपा एकीकृत समाजवादी

प्रदेश २ मा एमालेका १० सांसदले रोजे नेकपा एकीकृत समाजवादी

१७ भदाै, काठमाडौं।

प्रदेश २ मा एमालेका १० जना सांसद्ले पार्टी विभाजित भई गठन भएको नेकपा एकीकृत समाजवादीको पक्षमा  सनाखत गरेका छन्। उनीहरुले जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर सनाखत गरेका हुन्।

सनाखत गर्नेहरुमा शत्रुधन महतो, मञ्जु यादव, चन्द्र सेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रविन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादव छन्।

प्रदेश २ का सांसद् डिल्ली उप्रेती डिल्ली उप्रेती उपचारको लागि भारतको नयाँ दिल्ली स्थित राजिव गान्धी अस्पतालमा रहेकाले उनले पनि सनाखत गर्ने मिलाउने प्रक्रिया मिलाउने काम भइरहेको सांसद् शत्रुधन महतोले बताए।

आफ्नो पक्षमा अहिलेसम्म १३ जना रहेको उनको भनाइ छ। सनाखत गरिसकेका १० जना र गर्ने प्रक्रियामा रहेका एक जना बाहेक दुई जना अहिले जनकपुरभन्दा बाहिर रहेकाले भोलितिर खनाखत गर्ने उनले बताए ।

प्रदेश २ मा एमालेका तर्फबाट २१ सांसद् थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.