नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकियाे

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकियाे

१७ भदौ, काठमाडौं ।
नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको छ । काठमाडौँको दशरथ रंगशालामा भएको खेलमा नेपालले ३५ औं मिनेटमा अग्रता लिएको थियो । नेपालका लागि अन्जन विष्टले गोल गरेका थिए ।

भारतले दोस्रो हाफमा गोल फर्काउँदै बराबरी बनाएको थियो । खेलको ६० औं मिनेटमा कप्तान सुनील क्षेत्रीले पोस्टमा गरेको प्रहार पोलमा लागेर फर्किएको बलमा अनिरुद्र थापाले गोल गरेका हुन् ।

नेपालले गाेल गरेसँगै भारतविरुद्व ६ वर्ष लामाे गाेलकाे खडेरी ताेडिएकाे छ । दोस्रो मैत्रीपुर्ण खेल आइतबार हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.