सरकारले संविधान दिवस तीन दिनसम्म मनाउने

सरकारले संविधान दिवस तीन दिनसम्म मनाउने

१८ भदाै, काठमाडौं ।

सरकारले सातौँ संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी भव्यरूपमा मनाउने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सरोकारवाला पदाधिकारीसहितको बैठकले आगामी असोज २, ३ र ४ गते संविधान दिवस मनाउने निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्री देउवाको अध्यक्षतामा दिवस मनाउन मूल समारोह समिति र अन्य विभिन्न विषयगत उपसमिति गठन गर्ने निर्णयसमेत गरेको प्रधानमन्त्रीका निजी सचिव बद्री तिवारीले जानकारी दिए ।

बैठकले संविधान दिवसका अवसरमा आमनागरिकलाई स्वतःस्फूर्तरूपमा दीपावली गर्न तथा विदेशस्थित नेपाली नियोग र निकायमासमेत नेपाली झण्डा फहराउन आग्रह गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ को सङ्क्रमणका कारण स्वास्थ्यका आवश्यक मापदण्ड पालना गरी सीमित व्यक्तिको उपस्थितिमा मात्र दिवसको मूल समारोह मनाउने निर्णय भएको छ । बिहीबार प्रधानमन्त्रीको अध्यक्षतामा भएको बैठकमा मन्त्रीहरु, नेपाल सरकारका मुख्यसचिव, सचिव, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.