NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
Next
Prev

समाचार

कांग्रेस वडा अधिवेशन आजबाट

शुक्रबार भदौ १८ , २०७८
Reading Time: 1 min read
A A
कांग्रेस महाधिवेशन फेरि अन्योलमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं : कांग्रेसले आज (शुक्रबार) बाट वडा अधिवेशन प्रारम्भ गरेर १४ औं महाधिवेशन प्रक्रिया सुरुआत गर्दैछ । सबै जिल्लाका क्रियाशील सदस्यताको सूची सार्वजनिक भएको छैन । त्यसैले कांग्रेस चरणबद्ध वडा अधिवेशनमा जुट्ने भएको छ ।

महाधिवेशनको मुखमा पार्टीभित्र अनेक समस्या देखिन थालेका छन् । कोरोना महामारीले महाधिवेशन रोक्न सर्वोच्च अदालतमा रिट परेको छ । दलित र मुस्लिम समुदायको प्रतिनिधित्व घटाउने षड्यन्त्र गरिएको भन्दै पार्टीभित्र तीव्र असन्तुष्टि देखिएका छन् । विवादकै कारण क्रियाशील सदस्यताको सूची सार्वजनिक हुन सकेको छैन ।

महाधिवेशन प्रतिनिधि एवं बाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले महाधिवेश रोक्न माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट दर्ता गरे । उनले कोरोना संक्रमण बढिरहेको बेला महाधिवेशन स्थगित गर्न रिट दर्ता गराएको बताए । उनले भने, ‘महाधिवेशन अवरोध गर्ने मेरो उद्देश्य हैन । जनताको मन जित्न सबैलाई खोप उपलब्ध गराएर मात्र भव्य महाधिवेशनमा जाऊँ । अहिलेलाई स्थगित गरौं भन्ने हो ।’

Advertisement

केन्द्रीय सदस्य मीन विश्वकर्माले दलित प्रतिनिधित्व घटाएको भन्दै पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका छन् । आफ्नै पार्टीको सरकार भएका बेला खोपको व्यवस्था गरेर मात्र महाधिवेशन गर्नुपर्ने उनको तर्क छ । २०७९ जेठ ३० गतेसम्म महाधिवेशन गर्न नहुने उनको माग छ । उक्त रिटको आइतबार पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । कांग्रेसका नेता विश्वकर्माले पार्टीको केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनले पार्टीले महाधिवेशनका लागि बनाएको निर्वाचन निर्देशिकाप्रति आपत्ति जनाउँदै पार्टी सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै राजीनामा दिएका हुन् ।

‘पार्टीले स्थापना कालदेखि नै जातीय, क्षेत्रीय र लैंगिक समावेशितालाई नवौं महाधिवेशनबाट क्रमशः स्थानीय वडा तहदेखि केन्द्रसम्म प्रयोग गर्दै आएको र ११औं, १२औं र १३ औं महाधिवेशनमा विधान बमोजिम प्रत्येक वडाबाट न्यूनतम ५ जनामा १ जना, ७ जनामा १ र ९ मा १ जना तथा, निर्वाचन क्षेत्रमा ११ मा १ जना दलित महाधिवेशन प्रतिनिधि सुनिश्चित गरिँदै आएको थियो,’ उनले राजीनामा पत्रमा लेखका छन्, ‘यसपटक विधानको गलत व्याख्या गर्दै बनाएको असमावेशी निर्देशिकामा दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा निषेध गरिएको उल्लेख गरेका छन् ।’

दलित समुदायलाई अपमान र अन्याय हुने गरी षड्यन्त्रपूर्वक निर्देशिका बनाइएका कारण आफूले राजीनामा दिएको विश्वकर्माले बताए । विश्वकर्माको राजीनामापछि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको आगामी वडा अधिवेशनमा दलित र मुस्लिम समुदायको अनिवार्य प्रतिनिधित्व गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

देउवाले पार्टी केन्द्रीय सदस्यद्वय विश्वकर्मा तथा जीवन परियारलाई बिहीबार बालुवाटार बोलाएर छलफल गरेका थिए । ‘सभापति ज्यूले आश्वासन दिनुभएको छ । यद्यपि, निर्देशिकामा उक्त कुरा नसमेटिएकाले हाम्रो माग यथावत् नै छन्,’ विश्वकर्माले भने ।

दलित समुदायको वडाबाट क्षेत्रीय प्रतिनिधिदेखि महाधिवेशन–महासमितिसम्म अनिवार्य प्रतिनिधित्वको माग गर्दै नेपाल दलित संघले केन्द्रीय कार्यालयमा बुधबार धर्ना समेत दिएको थियो । केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी भन्छन्, ‘हतारमा अधिवेशन गर्दा निस्किएका समस्या हुन् । क्लस्टरहरू छुट्ट्याइएका छन् । जसले गर्दा दलितलगायत पिछडिएका समुदायलाई अन्याय गरेको छ ।’

कांग्रेसको भातृसंगठन नेपाल मुस्लिम संघले संविधानले आरक्षण गरेको कोटा हटाएको भन्दै धर्नामा बसेर विरोध गरेका छन् । कांग्रेसको निर्वाचन निर्देशिकामा आरक्षण कोटा हटाएको प्रति ध्यानाकर्षण गर्दै नेपाल मुस्लिम संघ गण्डकी प्रदेश र जिल्ला कार्यसमिति स्याङ्जाको संयुक्त आयोजनामा कांग्रेस पार्टी कार्यालयको मूल गेटमा धर्नामा बसेर विरोध गरेका हुन् ।

आजबाट वडा अधिवेशन
कांग्रेसले विधानअनुसार सबैभन्दा तल्लो तहको संरचनाअन्तर्गत पर्ने वडा तहको अधिवेशन १८ भदौबाट सुरु गरेर २३ गतेभित्र सक्ने गरी तयारी गरेको छ । सदस्यता सार्वजनिक गर्न बाँकी र केन्द्रीय निर्वाचन अधिकृत तोक्न बाँकी रहेका जिल्लामा विस्तारै हुँदै जाने मुख्य सचिव कृष्णचन्द्र पौडेलले जानकारी दिए ।

जिल्लामा हुने निर्वाचनको मिति भने प्रमुख निर्वाचन अधिकृत र जिल्ला नेतृत्वले सहमतिमा तोक्ने छन् । पौडेलले भने, ‘१८ गतेबाट सुरु गरेर २३ गतेसम्ममा वडा अधिवेशन सक्ने र २७ गतेबाट सुरु हुने पालिका तहका अधिवेशन ढिलामा २९ गतेसम्म सक्न निर्देशन भएको छ । सदस्यता टुंगिएर विवरण पुगेका जिल्लामा धमाधम अधिवेशन सुरु हुन्छ ।’ सदस्य तेज प्रसाद रावलका अनुसार कांग्रेसले हालसम्म ६३ जिल्लाका क्रियाशील सदस्यहरूको नामावली पार्टीको वेबसाइटमा प्रकाशित गरेको छ ।,याे समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

विचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

थप समाचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति
मनोरन्जन

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२
संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याको सदस्यता मनमुटावले रोक्यो, महासचिवको जिब्रो चिप्लियो 

बुधबार साउन ७ , २०८२

हालका पोस्टहरू

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.