पर्वतमा पहिरोले पुरिएर ५ जनाको मृत्यु , ३ जना वेपत्ता

पर्वतमा पहिरोले पुरिएर ५ जनाको मृत्यु , ३ जना वेपत्ता

१८ भदाै, पर्वत ।

पर्वतका विभिन्न ठाउँमा पहिरोले पुरिएर ५ जनाको मृत्यु भएको छ भने ३ जना पुरिएर वेपत्ता भएका छन् । गएरातीको भिषण वर्षा पछि पहिरो जाँदा कुश्मा नगरपालिका- ३ दुर्लुङमा ५ जना पुरिएकोमा २ जना मृत अवस्थामा फेला परेका छन् ।

पहिरोमा पुरिएका एकै घरका ५ जना मध्ये १५ वर्षिय विमला पौडेल र ११ वर्षिय विनिता पौडेलको शव निकालिएको छ । घरका ३ जना वेपत्ता रहेको हुनाले खोजी भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।

यस्तै कुश्मा नगरपालिका ११ पकुवामा पहिरोमा पुरिएका ३५ वर्षिय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश पौडेलको शव फेला परेको उनले जानकारी दिए ।

यस्तै मोदी गाउँपालिका ५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षिय ठुलीमाया थापाको मृत्यु भएको छ । जिल्लाका अन्य स्थानमा पनि भिषण वर्षाका कारण क्षती भएको अनुमान गरिएपनि अहिले सम्म पूर्ण विवरण नआएको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.