आज चार प्रदेशका एकरदुुई ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने

आज चार प्रदेशका एकरदुुई ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने

१८ भदौ, काठमाडौं ।

आज चार प्रदेशका एक÷दुई ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन्।

आज दिउँसो वाग्मती, गण्डकी, प्रदेश नं १ र प्रदेश २ का एक÷दुई ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए ।

उनका अनुसार राति पनि वाग्मती र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । देशका अन्य ठाउँमा भने हल्कादेखि मध्यम खालको वर्षा हुनेछ ।

अहिले लुम्बिनी प्रदेश सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा पानी परिरहेको मौसमविद् पौडेलले बताए । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा आज मौसम धुम्म रहनेछ । बेलुका पछि भने काठमाण्डौ उपत्यकामा हल्का पानी पर्न सक्ने अनुमान गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.