NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
Next
Prev

समाचार

चैतपछि रू. ५ करोड ६४ लाखको अक्सिजन आयात

शुक्रबार भदौ १८ , २०७८
Reading Time: 1 min read
A A
चैतपछि रू. ५ करोड ६४ लाखको अक्सिजन आयात
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१८ भदौ, काठमाडौं ।

कोभिडको संक्रमण बढ्दै गएपछि गतवर्ष चैतयता ५ महीनाको अवधिमा मात्रै रू. ५ करोड ६४ लाखको अक्सिजन आयात भएको छ । चैतपछि नेपालमा कोरोनाको दोस्रो लहर देखिएको थियो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार त्यसयता अक्सिजनको आयात बढेको देखिन्छ । तर, अहिले माग घट्दै गएपछि केही प्लान्ट भने बन्द भएका छन् ।

Advertisement

विभागका अनुसार गतवर्ष चैतदेखि साउनसम्ममा रू. ५ करोड ६४ लाख ४६ हजार बराबरको ८ लाख ९१ हजार मीटर क्युब अक्सिजन आयात भएको छ ।

आर्थिक वर्ष २०७७÷७८ को पछिल्लो ४ महीनामा रू. ४ करोड १३ लाख बराबरको ७ लाख ९ हजार मिटर क्युब अक्सिजन आयात भएको छ । यसमध्ये गत आर्थिक वर्षमा जेठमा सबैभन्दा बढी रू. २ करोड ८९ लाखको ४ लाख ३९ हजार मीटर क्युब अक्सिजन आयात भएको देखिएको छ ।

चालू आर्थिक वर्षको पहिलो महीना साउनमा अक्सिजनको आयात असारको तुलनामा बढेको देखिन्छ । विभागका अनुसार साउनमा नेपालमा रू. १ करोड ५० लाख बराबरको १ लाख ८१ हजार मीटर क्युब अक्सिजन आयात भएको छ ।

विभागका अनुसार गत आर्थिक वर्षमा कुल रू. ५ करोड ७३ लाख बराबरको ११ लाख १८ हजार मीटर क्युब अक्सिजन आयात भएको छ ।

भारतलगायत विभिन्न मुलुकबाट लिक्विड अक्सिजन आयात हुने गरेको छ । स्वास्थ्य मन्त्रालयले लिक्विड अक्सिजन आयात गर्ने तर स्थानीय उत्पादन खरीद नगर्दा नेपाली उद्योग मारमा परेको नेपाल अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव शारडा बताउँछन् ।

हाल नेपालमा मासिक १ लाख १५ हजार एमटीक्यु अक्सिजन उत्पादन गर्न सक्ने उद्योगहरूको क्षमता छ । बजार नहुँदा ५० हजार एमटीक्यू पनि उत्पादन हुन नसकेको उनले बताए । नेपालमा लिक्विड अक्सिजन उत्पादन हुँदैन, तर सिलिन्डरमा अक्सिजन भर्ने भने गरिएको छ ।

‘प्राथमिकतामा लिक्विड अक्सिजन राखेर सरकारले नै आयात बढायो, हामीले थुप्रैपटक माग राख्यौं, सरकारले मापदण्डसम्म बनाइदिएको छैन,’ उनले भने, ‘स्वदेशी उत्पादनलाई सरकारले सहयोग गरिदिने हो भने आयात गर्न आवश्यक नै छैन नेपालकै उत्पादनले धान्छ ।’

कोरोनाको दोस्रो लहर शुरू भएयता नेपालमा २६ ओटा उद्योगले अक्सिजन उत्पादन गर्दै आएका थिए । अहिले कोरोना संक्रमण घट्दै जाँदा बजार नपाएपछि पाँचओटा प्लान्ट बन्द भएको जानकारी उनले दिए ।

‘अहिले संक्रमण कम भएकाले अन्य देशले निर्यात गरिरहेका छन्, तर संक्रमण बढ्यो भने उनीहरूले निर्यात गर्न सक्दैनन्,’ उनले भने, ‘सरकारकै कारण अहिले स्वदेशी उद्योगहरू बन्द हुन थालेका छन् । पछि संक्रमण बढ्दा के गर्ने भन्ने सरकारले सोचेको देखिँदैन ।’

यो समाचार आजको आर्थीकअभियानमा छ ।

लोकप्रीय

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

विचार

थप समाचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति
मनोरन्जन

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२
संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याको सदस्यता मनमुटावले रोक्यो, महासचिवको जिब्रो चिप्लियो 

बुधबार साउन ७ , २०८२

हालका पोस्टहरू

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.