नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय मीनभवनमा

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय मीनभवनमा

१८ भदौं, काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय काठमाडौंको मीनभवनमा रहने भएको छ । पार्टी कार्यालयका लागि एक निजी घर भाडामा लिने प्रक्रिया अगाडि बढेको जनाइएकाे छ ।

‘केन्द्रीय कार्यालय पनि टुंगो लागेको छ । केही दिनभित्रै आफ्नै कार्यालयबाट पार्टी सञ्चालन हुनेछ’, स्थायी कमिटी सदस्य बेदुराम भुसालले भने ।

गएको २ भदौमा एमाले विभाजित भएर पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी बनेको छ । पार्टीले बिहीबार सिंहदरबारमा संसदीय दलको कार्यालय पाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.