महेश बस्नेतलाई देउवाको जवाफ – दुर्लभलाई जितेर देखाउनुस्

महेश बस्नेतलाई देउवाको जवाफ – दुर्लभलाई जितेर देखाउनुस्

१८ भदाै,  काठमाडौं।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले सांसद महेश बस्नेतलाई फेरि भक्तपुरमा निर्वाचन जित्न चुनौती दिएका छन्।

शुक्रबार वडा अधिवेशन उद्घाटन गर्न सूर्यविनायक पुगेका देउवाले एमाले नेता बस्नेतलाई भक्तपुरका कांग्रेस नेता दुर्लभ थापालाई हराउन चुनौती दिए। ‘बस्नेतजीले मलाई हराउनु पर्दैन, भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई मात्रै हराए हुन्छ । दुर्लभजीलाई चुनाव हराएर देखाउनुस्,’ देउवाले भने ।

बस्नेतले गत भदौ पहिलो साता भक्तपुरमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई उठाए पनि आफूले सहजै रुपमा चुनाव जित्ने अभिव्यक्ति दिएका थिए । देउवाले बस्नेतकै गृहनगरमा पुगेर शुक्रबार जवाफ फर्काएका हुन् ।

देउवाले स्वास्थ्य मापदण्ड पालना गरी अधिवेशन गर्न कार्यकर्तालाई सुझाएका छन्। देउवाले सम्भव भएसम्म सर्वसम्मत प्रतिनिधि चयन गर्न स्थानीय कार्यसमितिलाई अनुरोध गरेका छन्।

कांग्रेसको वडा अधिवेशन आजबाट सुरु भएको छ। क्रियाशील सदस्यताको सूची प्रकाशित भएका ५६ मध्ये धेरै जिल्लाको अधिवेशन आज भइरहेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.