तुइन घटना र नेपाली आकाशमा अनधिकृत भारतीय उडानको विरोधमा मोदीको पुत्ला दहन

तुइन घटना र नेपाली आकाशमा अनधिकृत भारतीय उडानको विरोधमा मोदीको पुत्ला दहन

१८ भदौ, काठमाडौं ।

दार्चुला तुइन घटना र र नेपाली आकाशमा अनधिकृत भारतीय उडान गरेको विरोधमा नेकपा एकीकृत समाजवादीसम्वद्ध विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् ।

शुक्रबार अनेरास्ववियुका अध्यक्ष सुरेश पराजुलीको नेतृत्वमा विद्यार्थीहरुले रत्नराज्यलक्ष्मी क्याम्पस परिसरमा प्रदर्शन गर्दै मोदीको पुत्ला जनाएका हुन् । उनीहरुले जयसिंह धामीलाई न्याय दे, सीमा अतिक्रमण बन्द गर्, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए ।

१५ साउनमा भारतीय सीमा सुरक्षा बल -एसएसबी)ले तुनइको तार काटिदिँदा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी महाकाली नदीमा खसेका थिए ।

घटनाबारे छानविन गर्न बनाएको समितिले हालै बुझाएको प्रतिवेदनमा पनि एसएसबीको उपस्थितिमा घटना भएको उल्लेख छ । तर सरकारले घटनाको विरोध गर्दै भारतलाई कूटनीतिक नोट समेत पठाएकाे छैन ।

त्यस्तै भारतले महाकालीवारि नेपाली सेनाको ब्यारेकमाथि समेत अनधिकृत रूपमा तारन्तार हेलिकप्टर उडाउँदै आएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.