टोकियो पारालम्पिक : ऐतिहासिक पदक जित्नबाट चुकिन् पलेशा

टोकियो पारालम्पिक : ऐतिहासिक पदक जित्नबाट चुकिन् पलेशा

१८ भदाै, काठमाडौं।

नेपाली खेलाडी पलेशा गोवर्धन जापानमा जारी टोकियो पाराओलम्पिक २०२० मा ऐतिहासिक पदक जित्न चुकेकी छन् । कांस्य पदकको लागि भएको खेलमा उनी चीनकी युजी लीसँग १२–९ को झिनो स्कोरमा पराजित भएकी हुन् ।

केहिबेरअघि सकिएको खेलमा सुरुआती राउण्डमा पलेशाले ४–२ को अग्रता बनाएकी थिइन् । दोस्रो राउण्डमा चिनियाँ लीले ५–० को स्कोर बनाउँदा समग्रमा ७–४ ले अगाडि रहिन् । तेस्रो तथा निर्णायक राउण्डमा ५–५ को बराबरी स्कोर गरे पनि उनी खेल जित्न असमर्थ रहिन् । खेल अवधिमा उनले ४ पल्टसम्म फलमार्फत विपक्षीलाई अंक सुम्पिन पुगिन् ।

नियमिततर्फ पहिलो खेलमै ग्रेट ब्रिटेनकी बेथ मुनरोसँग पराजित रहेकी पलेशाले रिपिचेज (हार्ने बीचको प्रतिस्पर्धा)को विकल्पबाट कांस्यका लागि प्रतिस्पर्धा गरेकी थिइन् । उनले रिपिचेजको क्वाटरफाइनलमा अमेरिकी ब्रियान्ना सालीनारा र सेमिफाइनलमा सर्वियाकी मासिजा मिसेभलाई पराजित गरेकी थिइन् ।

पारालम्पिकमा तेक्वान्दो यसै संस्करणदेखि समावेश गरिएको हो ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.