नेपालसँग कुनै सीमा विवाद छैन : चीन

नेपालसँग कुनै सीमा विवाद छैन : चीन

१८ भदाै, काठमाडौँ ।

चीनले नेपालसँग कुनै सीमा विवाद नरहेको बताएको छ ।  हुम्लाको नाम्खा क्षेत्रमा चीनसँग सीमा विवादको विषयमा छानबिन समिति बनाउने सरकारको निर्णयप्रति चीनले प्रतिक्रिया जनाउँदै नेपालसँग त्यस्तो कुनै सीमा विवाद नरहेको बताएको हाे ।

नेपालस्थित चीनियाँ राजदूतवासले शुक्रबार विज्ञप्ति जारी गर्दै यसबारेमा यसअघि नै नेपाल सरकार आफैले स्पष्ट पारिसकेको जनाएकाे छ । चिनियाँ राजदूतावासका प्रवक्ता लुअन सिउतानले भने ‘सन् १९६० को दशकमा नै नेपाल र दुई मुलुकले मैत्रीपूर्ण छलफबाट सीमा विवाद हल गरिसकेको छ । केही समयअघि नेपाल र चीनबीच सीमा विवाद छ भन्दै केही व्यक्तिगत शक्तिहरुले उचाल्न खोजे पनि नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर स्पष्ट पारिसकेको छ ।’

चीनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित रहेर सीमाका मुद्दालगायत दुई मुलुकबीचको साझेदारीलाई थप बलियो तुल्याउन चाहेको समेत जनाइएको छ ।

केही वर्षदेखि चीन र नेपालले सक्रियतापूर्वक सीमा व्यवस्थापन, बन्दरगाह निर्माण, सीमापार सहायता आदानप्रदान गरेको जनाउँदै चीनले दुई मुलुकका नागरिक यसबाट लाभान्वित भइरहेको स्पष्ट पारेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.