दार्चुलाको आकाशमा ३ दिनदेखि भारतीय हेलिकोप्टरकाे फन्काे

दार्चुलाको आकाशमा ३ दिनदेखि भारतीय हेलिकोप्टरकाे फन्काे

काठमाडौँ : भारतले दार्चुलाको अकाशमा तीन दिनदेखि लगातार हेलिकोप्टर उडाएको छ। बिनाअनुमति भारतीय हेलिकोप्टर बुधबार र बिहीबार दार्चुला सदरमुकाम खलंगाकै आकाशमा भारतीय हेलिकोप्टर उडाइएको थियो भने शुक्रबार महाकालीवारि व्यास गाउँपालिका–२ का आकाशमा भारतीय हेलिकोप्टर उडाइएको छ।

भारतले सीमावारि दार्चुलाको आकाशमा बिनाअनुमति सधैं पटकपटक हेलिकोप्टर उडाउने गरेको स्थानीय बताउँछन्। नेपाली सेनाको गुरु गोरख गुल्ममाथि पनि भारतीय हेलिकोप्टर उडाइएको थियो। अनुमतिबिना सदरमुकामकै आकाशमा हेलिकोप्टर उडाएपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारीले पिथौरागढ डिएम प्रशासनलाई बिहीबार लिखित पत्र पठाएर आपत्ति जनाएका थिए।

‘हाम्रो सदरमुकामकै अकाशमा बुधबार र बिहीबार भारतीय हेलिकोप्टर उडेको देखेपछि पिथौरागढ डिएम प्रशासनलाई हाम्रो भूमिमा हेलिकोप्टर नउडाउनु भनेर पत्र पठाएको हुँ,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भने।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.