खगेन्द्र संग्रौलाको व्यङ्ग्यः बामदेवले अब लुगा लगाउन छाड्नमात्रै बाँकी रह्यो त !

खगेन्द्र संग्रौलाको व्यङ्ग्यः बामदेवले अब लुगा लगाउन छाड्नमात्रै बाँकी रह्यो त !

१९ भदौ, काठमाडौं।

राजनितिक विश्लेषक खगेन्द्र संग्रौलाले  नेता बामदेव गौतमले अब लुगा लगाउन छाड्नमात्रै बाँकी रहेको भन्दै व्यङ्ग्य गरेका छन् । बामदेवले शुक्रबार एमालेका सबै पदबाट राजीनामा दिएपछि संग्रौलाले व्यङ्ग्य गरेका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्,‘वचन र अडानको ठेगान नभएका वामदेव गौतमले छाड्न पनि के के छाडेका हुन् गाँठ्ठे !

चुनाव हारेका मान्छेले राष्ट्रिय सभा ओघटेर गति छाडे ।

जसरी नि प्रधानमन्त्री बनाइपाऊँ भनेर मति छाडे ।

घरी ओली गुट छाडे,घरी माधव गुट छाडे ।

आज एमाले छाडेछन् ।

यिनले अब लुगा लाउन छाड्नमात्रै बाँकी रह्यो त !’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.