एमाले जुम्लाको सिंगै कमिटी एकीकृत समाजवादीमा

एमाले जुम्लाको सिंगै कमिटी एकीकृत समाजवादीमा

१९ भदौं , जुम्ला।

नेकपा एमाले जुम्लाका ५८ पदाधिकारीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । आज भएको पत्रकार भेटघाटमा पदाधिकारीले समाजवादी पार्टी रोजेको घोषणा गरेका हुन् ।

एमालेका जुम्ला अध्यक्ष तीर्थ बुढा, उपाध्यक्ष नन्दराम रोकाया, सचिव आदीप्रसाद न्यौपाने, उपसचिव राजबहादुर खत्री सहितका अन्य जिल्ला सदस्यहरूले एकीकृत समाजवादीमा गएको बताएका छन् । ६१ जना जिल्ला कमिटीमध्ये तीन जना बाहेक अन्य सबैले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

पत्रकार भेटघाटमा जारी गरिएको विज्ञप्तिमा कर्णाली प्रदेशसभा सांसद पदमबहादुर रोकायासहित नगरपालिकामा जितेका सबै वडाध्यक्षहरुको निर्वाचन आयोगमा सनाखत भइसकेको र अन्य जनप्रतिनिधिहरुले भाद्र २२ गतेसम्म सनाखत गर्न आह्वान गरिएको छ । पार्टीले जुम्लामा २३ गते भेला गर्ने जनाइएकाे छ ।

पत्रकार सम्मेलनमा सांसद रोकायाले एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्भ र माधव नेपाललाई गरिएको तिरस्कारले आफूहरु एकीकृत समाजवादीमा लाग्न बाध्य भएको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.