माधव नेपाल जुन मन्दिरमा बसेका थिए, अहिले त्यही मन्दिरमा थुकेकोथुकै छन् : ओली

माधव नेपाल जुन मन्दिरमा बसेका थिए, अहिले त्यही मन्दिरमा थुकेकोथुकै छन् : ओली

१९ भदाै, काठमाडौं।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले जुन घरमा बसेको त्यही घर बिगार्ने काम गरेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले माधव नेपाल जुन मन्दिरमा बसेका थिए त्यही मन्दिरलाई थुकेको टिप्पणी गरेका हुन् ।

उनले माधव नेपालको पार्टी माधव नेपाल पार्टी रहने भन्दै कडा व्यंग्य गरेका छन् ।  उनले अहिले एमाले विभाजन वा फुटेको नभई केही बिग्रिएका तत्वहरु गएको टिप्पणी गरेका छन् ।

‘फेरि ठूलो भुइँचालो जानेवाला छ भनिएको छ । ठूलो फुट आउनेवाला छ भन्ने कुरा छन् । अहिले पार्टीमा बिग्रिएका तत्वहरू, धेरै पहिलेदेखि बिग्रिएका थिए । जहिले पनि पार्टीमा झमेला गरेको छ । पार्टी फुटेको होइन, बिग्रिएका तत्वहरू चोइटिएका हुन्,’ ओलीले भने ।

 उनले माधव नेपालहरुले सधैं भागमात्रै खोजेको र रडाको मच्चाएको आरोप लगाए । उनले कार्यकर्तालाई उच्च मनोबलका साथ अगाडि बढ्न निर्देशन दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.