भदौ २३ गते संसद् अधिवेशन बोलाउन सरकारकाे सिफारिस

भदौ २३ गते संसद् अधिवेशन बोलाउन सरकारकाे सिफारिस

१९ भदाै, काठमाडौँ ।
सरकारले भदौ २३ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते बुधबार दिउँसो ४ बजे दुवै सदन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसअघि सरकारको सिफारिसमा साउन ३२ गते राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेकी थिइन् । अधिवेशन अन्त्य भएकाे भाेलीपल्टै सरकारले दल विभाजन गर्ने अध्यादेश ल्याएर एमालेबाट माधव नेपाल पक्ष र जसपाबाट महन्थ ठाकुर पक्षलाई नयाँ दल दर्ता गर्न सहज बनाएकाे थियाे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.