अमेरिकाले प्रष्ट पारेपछि मात्रै एमसीसी अघि बढ्छः प्रकाश शरण महत

अमेरिकाले  प्रष्ट पारेपछि मात्रै एमसीसी अघि बढ्छः प्रकाश शरण महत

१९ भदाै, काठमाडाैँ ।

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले एमसीसीको सम्बन्धमा नेपाली जनतामाझ उठेको आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि मात्रै प्रक्रिया अगाडी बढ्ने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सहमहामन्त्री महतले एमसीसी विभिन्न सरकारहरुको सहभागितामा टुंगो लागिसकेको विषय भएको भन्दै यसको सम्बन्धमा नेपाली जनतामाझ उठेका आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि प्रक्रिया अगाडी बढ्ने बताएका हुन् ।

एमसीसी सैन्य प्रयोजनको लागि नभएको सम्झौतामा उल्लेख नै भएको उनको भनाई छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको आधारमा ठेक्का प्रक्रिया अगाडी बढ्ने उहाँले उल्लेख गरे। नेपाली जनतामाझ उठेका आशंकाहरुलाई स्पष्ट पार्नका लागि सरकारले अमेरिकी सरकार समक्ष पहल गरिराखेको भन्दै उहाँले अमेरिकी सरकारले स्पष्ट पार्ने विश्वास पनि व्यक्त गरे ।

उनले भने – ‘यो विषय कयौँ सरकारहरुको सहभागितामा टुंगो लागेको विषय हो । हामी विदेशबाट ऋण पनि लिन्छौँ । ऋण लिएर पनि त्यही देशका ठेकेदार नै आउने प्रावधान छ । कामदारपनि आउँछन् । यो चाहीँ अनुदानमा आएको आयोजना हो । हामीले प्राथमिकता तोकेको क्षेत्रमा पैसा आउँदैछ । अर्थ मन्त्रालयको संयन्त्रले कार्यान्वयन गर्दैछ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएर ठेक्का प्रक्रिया अगाडी बढ्छ । सैन्य प्रयोजनको लागि यो पैसा प्रयोग गर्न पाइदैन भन्ने उल्लेख नै छ । कतिपय विषयहरु यो छ कि उ छ कि भन्ने जुन पब्लिकमा उठेका छन् । त्यसबारेमा पनि क्लेरिफिकेशनको लागि सरकारले पहल गरिराखेको छ । त्यो स्पष्ट क्लेरिफिकेशन आएपछि यसले पनि एउटा ल्याण्डिङ गर्छ भन्नेकुरा मलाइ लाग्दछ । पब्लिकमा यस्तो छ कि उस्तो छ कि भन्ने आशंका छ । धेरैले पढ्या छैनन् । प्रचार धेरै कुरा भएको छ । त्यस विषयमा अमेरिकी सरकारले अवश्य ति कुराहरु क्लेरिफाइ गर्ला, पब्लिकमा यस्तो पो छ कि उस्तो पो छ कि भन्ने आशंका छ त्यो आशंका अवश्य पनि निवारण हुने काम सम्बन्धित पक्षबाट हुनेछ र प्रक्रिया अगाडी बढ्नेछ भन्ने मलाई लाग्छ ।’

सहमहामन्त्री महतले सत्तारुढ गठबन्धनका दलहरु नेकपा(एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले मन्त्रीको नाम दिन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको भन्दै मन्त्रिको नाम पाउनासाथ मन्त्रिपरिषद् बिस्तार हुने बताए । नेपाली कांग्रेसभित्र भने मन्त्रिको विषयमा समस्या नरहेको र मन्त्रिको नाम तय भइसकेको उनको भनाई छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.