राष्ट्रपतिद्वारा भदौ २३ गते संघीय संसद्‌को अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा भदौ २३ गते संघीय संसद्‌को अधिवेशन आह्वान

१९ भदाै, काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गते बुधबार संघीय संसद्‌को अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा भदौ २३ गते बुधबार दिउँसो ४ बजेका लागि राष्ट्रपति भण्डारीले संघीय संसद्‌को दुवै अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति जारी गरि जानकारी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/५/१९ को सिफारिसमा सम्वत् २०७८ साल भदौ २३ गते बुधबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसद्‌को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.