‘ख्याल राखौं, अरूलाई खाने बाघले आफूलाई पनि खानसक्छ’ – बाबुराम भट्टराई

‘ख्याल राखौं, अरूलाई खाने बाघले आफूलाई पनि खानसक्छ’ – बाबुराम भट्टराई

२० भदौ, काठमाडौँ ।

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले मुलुकको विदेश नीतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा जोड दिएका छन्।

सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले देशको आन्तरिक दलीय राजनीतिलाई वैदेशिक कूटनीतिसँग छासमिस गरियो भने त्यसबाट कोरोनाको नयाँ भेरिएन्ट भन्दा खतरनाक प्रतिगमनको नयाँ भेरिएन्ट जन्मन सक्ने बताएका हुन् । अरूलाई खाने बाघले आफुलाई पनि खान सक्ने उनको भनाई छ ।

‘देशको आन्तरिक दलीय राजनीतिलाई वैदेशिक कुटनीतिसंग छासमिस गरियो भने त्यसबाट कोरोनाको नयाकक भेरिएन्ट भन्दा खतरनाक प्रतिगमनको नयाकक भेरिएन्ट जन्मन सक्छ! देशभित्र स्वस्थ राजनीतिक प्रतिस्पर्धा गरौं तर विदेश नीतिमा राष्ट्रिय सहमति कायम गरौं!’ भट्टराईले भनेका छन्, ‘ख्याल राखौं–अरूलाई खाने बाघले आफुलाई पनि खानसक्छ!’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.