सुदूरपश्चिममा माधव नेपालको पार्टी बन्यो सबैभन्दा ठूलो

सुदूरपश्चिममा माधव नेपालको पार्टी बन्यो सबैभन्दा ठूलो

२० भदौ, धनगढी ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ ।

आज एमालेका थप तीनजना प्रदेशसभा सदस्यले नेकपा(एस)को पक्षमा निर्वाचन कार्यालय पुगेर सनाखत गरेसँगै सो पार्टीको प्रदेशसभा सदस्य संख्या १३ पुगेको छ ।

प्रदेशमा माओवादी केन्द्रका पनि १३ जना प्रदेशसभा सदस्य छन् । माओवादी केन्द्रको भन्दा ठूलो पार्टी बनाएर सत्ताको दाबी गर्ने भन्दै थप एक सांसद जुटाउने अभियानमा सो पार्टीका नेताहरु लागिपरेका छन् ।

प्रदेशसभा सदस्य बलदेव रेग्मीलाई आफ्नो पक्षमा ल्याएर बहुमत सदस्य जुटाउने अभियान जारी रहेको प्रदेशसभा सदस्य दीर्घ सोडारीको दाबी छ ।

प्रदेशसभा सदस्यहरु दीर्घ सोडारी र तारा लामा तामाङसँगै विगतमा ओली पक्षमा खुल्दै आएका पूर्वराज्यमन्त्री प्रकाश रावलले आज निर्वाचन कार्यालय पुगेर नेकपा (एस)को पक्षमा सनाखत गरेका छन् ।

योसँगै कांग्रेस र एमालेसँग १२÷१२ जना प्रदेशसभा सदस्य हुनेछन् भने जनता समाजवादी पार्टीका दुईजना प्रदेशसभा सदस्य छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.