विराटनगर, असार २८
असार–३२ गते मोरङ जिल्ला पुुर्ण खोप शुनिश्चित जिल्ला घोषणा हुने भएको छ । जिल्ला खोप समन्वय समिति मोरङको बिहिबार वसेको वैठकले जिल्लालाई पुर्णखोप जिल्ला घोषणागर्ने निर्णय गरेको हो ।
१५ महिना उमेर भित्रका जिल्लाका सवै वावालिकालाई रोग विरुद्ध लडने ११ प्रकारका सवै खोप लिइ सकेको अवस्थामा पुर्णखोप शुनिश्चित जिल्ला घोषणा गर्न सकिने वाल स्वास्थ्य विभाग महाशाखाका भरत भण्डारीले बताए ।
विराटनगरमा एक भव्य कार्यक्रमको आयोजनागरी पुर्ण खोप शुनिश्चित जिल्ला घोषणागर्ने तयारी भइरहेको जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलले बताए ।
मोरङ जिल्लमा साविकको लखन्तरी गाविसलाई पहिलो पुर्णखोप गाविस घोषणा गरिएको थियो । नेपालमा अहिलेसम्म ५० वटा जिल्ला पुर्णखोप शुनिश्चित जिल्ला घोषणा भइ सकेको छ ।