सिआईबीको ईन्सपेक्टर हुँ भन्दै धम्क्याउँदै हिँड्ने युवक पक्राउ

सिआईबीको ईन्सपेक्टर हुँ भन्दै धम्क्याउँदै हिँड्ने युवक पक्राउ

२० भदौ, बाँके ।

कोहलपुर नगरपालिका–११ बसपार्क क्षेत्रमा रहेका होटल तथा पसलहरूमा गई आफू सिआईबीको ईन्सपेक्टर हुँ भन्दै डर त्रास देखाई धम्क्याउदै हिँडेको अभियोगमा सल्यान दार्माकोट गाउँपालिका–२ बस्ने ३२ वर्षीय दिपेन्द्र रोकायलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनले होटल तथा पसलहरूमा धम्क्याउँदै सर्वसाधारणलाई अनावश्यक हैरानी दिईरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.