भारतसँग पराजित हुनुको पीडा प्रशिक्षकलाई किन छैन ?

भारतसँग पराजित हुनुको पीडा प्रशिक्षकलाई किन छैन ?

२१ भदाै, काठमाडाैँ ।
आफ्नै होम ग्राउन्डमा भएको चरि प्रतिद्धन्दी भारतसँगको मैत्रीपूर्ण खेल गुमाउनु पर्दाको पीडा खेलाडी र सिंगो मुलुकका अ‍ेल प्रेमीहरुले भोगिरहेका छन् । तर यो पीडा कम गर्न नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यो नतिजा विर्सन आग्रह गरेका छन् ।

टोलीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताउदै उनले राष्ट्रिय टिमले भारतविरुद्ध उत्कृष्ट प्रर्दशन गरेको भन्दै नतिजालाई बिर्सन आग्रह गरेका हुन् । भारतविरुद्ध आइतबारको दोस्रो मैत्रीपूर्ण नेपालले २–१ ले गुमाएको छ । खेलपछि आयोजित पोष्ट म्याच कन्फ्रेन्समा अलमुताइरीले टोलीको प्रदर्शनमा लाई कुनै गुनासो नभएको बताएका छन् ।

राष्ट्र टोलीका सबैले राम्रो खेल खेले र उक्त खेल मैत्रीपूर्ण रहेकाले त्यसमा डराउनु हुन्न भनेका छन्। अलमुताइरीले टोलीको मुख्य लक्ष्य अर्को महिना हुने साफ च्याम्पियनसिप नै भएको बताएका छन् । उनले साफ च्याम्पियनसिपमा अहिलेको भन्दा प्रदर्शनमा सुधार आउने र जित्ने सम्भावना रहेको विश्वास दिलाए ।

प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध खेलमा पूनरागमन गर्न सक्नु पनि उपलब्धिको रुपमा रहेको बताएका छन् । नेपाल २–० ले पछि परेको अवस्थामा तेज तामाङले गोल फर्काएका थिए । तर त्यो गोल सान्तवना मात्रै हुन पुग्यो ।

उता भारतीय टोलीका प्रशिक्षक इगोर स्टिमाचले पनि नेपाली टोलीको प्रदर्शनमा विगतमा भन्दा प्रदर्शनमा सुधार आएको बताएका छन्। साफ च्याम्पियनसिपको तयारीमा रहेको दुई टोलीबीच दुई मैत्रीपूर्ण खेल भएको थियो । बिहीबार भएको पहिलो खेलमा भने १–१ को बराबरी खेलेका थिए ।

अब नेपाल र भारतबीच अर्को महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसपिमा प्रतिस्पर्धा हुनेछ । नेपाल र भारतबीच असोज २४ गते प्रतिस्पर्धा हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.