विराटनगर, असार २८
मोरङ जिल्ला अदालतले चालु आर्थिक वर्षको हालसम्म ६० प्रतिशत मुद्दा फैसला गरेको छ । जिल्ला अदालत मोरङमा पत्रकार सम्मेलन गर्दै मुख्य न्यायाधीश राजुकुमार खतिबडाले ६ हजार ४ सय ७३ वटा मुद्दामा ३ हजार ८ सय ९४ फैसला भएको बताए ।
एकवर्षको अवधीमा चारहजार २ सय ६० नयाँ मुद्दा र जिम्मेवारी सरि आएका २ हजार २ सय १३ सहित ६ हजार ४ सय ७३ मुद्दा फैसला गरिएको छ ।
हाल अदालतमा १८ महिना नाघेका २ सय ४२ मुद्दा र ९३ थुनुवा मुद्दा छन् । अदालतका श्रेस्तेदार नवराज दुलालले प्रकृति अनुसार सबैभन्दा बढी मुद्दा अंश र सम्पतिसँग सम्बन्धित भएको बताए ।