NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन् शुक्रबार साउन २ , २०८२
एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे शुक्रबार साउन २ , २०८२
सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने शुक्रबार साउन २ , २०८२
महिला फुटबल इतिहासकै महँगो खेलाडी बनेकी स्मिथ को हुन् ? शुक्रबार साउन २ , २०८२
Next
Prev

समाचार

एक करोड ७६ लाख ११ हजार ९०६ रोपनीमा रोपाइँ हुन बाँकी, चामलको परनिर्भरता बढ्न सक्ने सम्भावना

बिहिबार असार २८ , २०७५
Reading Time: 1 min read
A A
एक करोड ७६ लाख ११ हजार ९०६ रोपनीमा रोपाइँ हुन बाँकी, चामलको परनिर्भरता बढ्न सक्ने सम्भावना
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

काठमाडौँ, असार २८

असार महिना सकिनलाग्दा समेत उत्साहजनक रुपमा रोपाइँ हुन नसक्दा आगामी वर्ष पनि चामलको परनिर्भरता बढ्ने देखिएको छ । असार २८ सम्म आइपुग्दा अझै एक करोड ७६ लाख ११ हजार ९०६ रोपनी जग्गामा रोपाइँ हुन सकेको छैन । पर्याप्त जमीनमा सिँचाइ सुविधा नपुगेकाले अधिकांश किसान धान रोप्न आकासे पानीको पर्खाइमा हुन्छन् ।

नेपालमा धान रोपाइँ वर्षमा दुई पटक हुन्छ । चैतमा चैते धान र असारमा वर्षे धान । असारमा धान रोपाइँका लागि तीन करोड १० लाख ४९ हजार ३८० रोपनी जग्गा प्रयोग हुने गरेको छ । खेतीपातीका लागि ६ करोड १८ लाख २० हजार रोपनी जमीन प्रयोग भएको छ । प्रयोग भएका जमीनमध्ये ५० प्रतिशत जमीनमा धान रोपाइँ गर्न सकिन्छ भने खेती गर्न सकिने दुई करोड ६० लाख रोपनी जमीन बाँझै छ ।

कूल खेतीयोग्य जमीन आठ करोड २४ लाख २० हजार रोपनी छ । खेती गर्न सकिने जमीनमध्ये असार २५ सम्ममा १६ प्रतिशत जमीनमा मात्र धान रोपाइँ भएको छ । यद्यपि धान लगाउन योग्य जमीनको भने ४३ दशमलब दुई आठ प्रतिशतमा मात्र रोपाइँ सम्पन्न भएको छ । अहिलेसम्म ५६ दशमलव सात प्रतिशत जमीनमा धान रोपाइँ हुन सकेको छैन, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सह–प्रवक्ता शङ्कर सापकोटाले भने ।

हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक नेपालका सबै जिल्लामा धान रोपाइँ हुन्छ । पूर्वाञ्चलमा सबैभन्दा बढी धान उत्पादन हुने गरेको छ । झापा सबैभन्दा धेरै धान उत्पादन गर्ने जिल्ला हो ।

पूर्वमा ८९ लाख १८ हजार ७६० रोपनी जमीनमा धान रोपाइँ गर्न सकिन्छ । तर त्यहाँ जम्मा २२ लाख ७५ हजार १७५ रोपनीमा मात्र धान रोपाइँ भएको छ । अझै ६६ लाख ४३ हजार ५०५ रोपनी जमीनमा धान रोपाइँ हुन सकेको छैन । पूर्वका झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरीमा जम्मा २१ दशमलब शून्य सात नौ प्रतिशतमा रोपाइँ भएको छ ।

धान नेपालको प्रमुख खाद्यन्न बाली हो । धानको उत्पादन बढ्दा समग्र कृषि क्षेत्रको उत्पादनमा बढोत्तरी हुन्छ । नेपालीको भातखाने आदतका कारण धानको उत्पादन बढाउनु आवश्यक छ, वरिष्ठ धान विशेषज्ञ भोलामानसिंह बस्नेतले भने ।

मध्यमाञ्चलमा १९ जिल्ला पर्छन । उच्च पहाडी भूभाग (दोलखा, रसुवा, सिन्धुपाल्चोक) मध्यपहाड (रामेछाप, सिन्धुली, नुवाकोट, काभ्रे, मकानवपुर, भक्तपुर, काठमाडौँ, ललितपुर र धादिङ) तराई (धनुषा, महोत्तरी, सर्लाही, पर्सा, बारा, रौतहट र चितवन) मा ३९ दशमलब शून्य दुई प्रतिशत रोपाइँ भएको छ ।

सो क्षेत्रमा ८७ लाख ८६ हजार ५६० रोपनीमा धान रोपाइँ गर्न सकिन्छ तर २५ लाख ६५ हजार ६७५ रोपनीमा मात्र धान रोपाइँ भएको छ भने ६२ लाख २० हजार ८८५ रोपनीमा धान रोपाइँ हुन सकेको छैन ।

विगत दश वर्षको तथ्याङ्क हेर्दा नेपालमा धान उत्पादनको वृद्धिदर सन्तोषजनक छैन । हालको जनसंख्यालाई करीब ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । गत वर्ष जम्मा ४२ लाख मेट्रिक टन भएको थियो ।

पश्चिमका १६ जिल्लामध्ये हिमालपारिका दुई जिल्लामा धान रोपाइँ हुँदैन । बाँकी १४ जिल्लामा ५४ दशमलब आठ सात प्रतिशतमा रोपाइँ भए पनि २८ लाख १९ हजार १७३ रोपनीमा रोपाइँ भएको छैन ।

विश्वको सबैभन्दा अग्लो स्थानमा धान खेती हुने जिल्ला नेपालमै पर्छ । जुम्ला जिल्लामा उत्पादन हुने जुम्लीमार्शी धान विश्वमा राम्रो मानिन्छ । कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करीब २८ प्रतिशत छ भने सो उत्पादनमा झण्डै आधा अर्थात् १२ प्रतिशत धानको योगदान छ ।

मध्यपश्चिमका १५ जिल्लामा ४६ दशमलब छ पाँच प्रतिशत र सूदुरपश्चिमका नौ जिल्लामा ७४ दशमलब ८४ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । मध्यपश्चिममा ३५ लाख ६१ हजार ९२० रोपनीमध्ये १९ लाख दुई हजार ६५ रोपनीमा अझै रोपाइँ भएको छैन ।

त्यसैगरी, सूदुरपश्चिमका नौ जिल्लामा ७४ दशमलब आठ चार प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । अझै आठ लाख ८९ हजार ८६४ रोपनीमा रोपाइँ भएको छैन । सदूरपश्चिममा धान रोपाइँका लागि उपयुक्त जमीन ३५ लाख ३१ हजार २०० रोपनी रहेको छ ।
रासस

लोकप्रीय

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२

विचार

थप समाचार

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्
अन्तरबार्ता

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने
ताजा समाचार

सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने
अन्तर्राष्ट्रिय

सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने

शुक्रबार साउन २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

00:17:16

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२
गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा फेरि पदमुक्त

गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा फेरि पदमुक्त

शुक्रबार जेष्ठ २८ , २०७८

हालका पोस्टहरू

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.