रामकुमारी झाँक्रीलाई ओलीको प्रश्न : राष्ट्रियताको बारेमा बोल्न पाइन्छ कि पाइँदैन ?

रामकुमारी झाँक्रीलाई ओलीको प्रश्न : राष्ट्रियताको बारेमा बोल्न पाइन्छ कि पाइँदैन ?

२१ भदौ, काठमाडौं ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीको मौनताबारे प्रश्न उठाएका छन् ।

युवा संघले सोमबार राजधानीमा गरेको कार्यक्रममा ओलीले गृह मन्त्रालयले एमसीसीको विरोध तथा भारतीय प्रधानमन्त्रीको पुत्ला दहनको विषयमा जारी गरेको वक्तव्यलाई लिएर ओलीले प्रश्न उठाएका हुन् ।

रामकुमारीको नाम नलिई एमाले अध्यक्ष ओलीले भने, ‘जो मन्त्री हुन खुट्टा उचालेर बसेका छन्, तिनै मान्छेहरु हिजो ज्याकेट दर्शकतिर फुत्त फ्याँकेर, मास्क स्टाइलिस पाराले फुत्त खोलेर, आफैंले टाँसेको टेप फिल्मी स्टाइलमा निकालेर बोल्न पाइन्छ भन्थे । म अहिले सोध्न चाहन्छु तिनीहरु र तिनीहरुको सरकारलाई, बोल्न पाइन्छ कि पाइदैन नेपालमा ? देशबारे बोल्न पाइन्छ कि पाइँदैन ? राष्ट्रियताबारे बोल्न पाइन्छ कि पाइँदैन ?’

एमाले अध्यक्ष ओलीले भने आफू प्रधानमन्त्री हुँदा अधिनायकवाद भयो, बोल्न पाइन्छ भन्नेहरुको सरकारले बोलेमा कारबाही गर्छु भन्न थालेको बताए । तर हिजो बोल्न पाइन्छ भन्नेहरु अहिले चुइक्क नबोलेको भन्दै उनले प्रश्न उठाएका छन् ।

रामकुमारी झाँक्रीले राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर पक्राउ गर्ने तयारी गरेको थाहा पाएपछि उनले गत माघ २८ गते साबिकको नेकपाले काठमाडौंमा गरेको विरोध सभामा नेतृ झाँक्री मुखमा कालो टेप लगाएर मञ्चमा पुगेकी थिइन् । मुखमा कालो टेप लगाएर मञ्चमा पुगेकी उनले टेप खोलेर बोल्न पाइन्छ भनेर प्रश्न गरेकी थिइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.