NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
Next
Prev

समाचार

कांग्रेस महाधिवेशन : संस्थापनइतर सभापतिका आकांक्षीहरू दोस्रो बन्ने रणनीतिमा

मङ्लबार भदौ २२ , २०७८
Reading Time: 1 min read
A A
कांग्रेसले २१ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याउन बाँकी, के हुन्छ अधिवेशन ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन सुरु भएसँगै संस्थापन इतरका सभापतिका आकांक्षीहरू नेतृत्वका लागि हुने निर्वाचनमा दोस्रो बन्ने रणनीतिमा लागेका छन्। कांग्रेस विधानअनुसार सभापतिमा विजयी हुन खसेका मतको ५० प्रतिशत कटाउनै पर्छ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत नकटाएमा पहिलो र दोस्रो स्थानमा रहेका उम्मेदवारबीच दोस्रो चरणको मतदान हुन्छ। विधानको यही व्यवस्थाबाट लाभ लिन संस्थापन इतर पक्षका सभापतिका आकांक्षी नेताहरू देउवालाई पहिलो चरणमा ५० प्रतिशत मत कटाउन नदिने र आफू दोस्रो स्थानमा रहनेगरी रणनीति बनाउन लागि परेका हुन् ।

नेतृत्वमा दोहोरिने तयारीमा रहेका देउवा भने पहिलो चरणमै ५० प्रतिशत मत कटाएर स्थान सुरक्षित गर्ने रणनीतिमा जुटेका छन्। पहिलो चरणमै सभापतिका लागि आवश्यक मत प्राप्त गर्न नसके दोस्रो चरणमा परिणाम आफ्नो पक्षमा पार्न कठिन हुने उनी निकटका नेताहरूको बुझाइ छ। वडा तहबाट छनोट हुने प्रतिनिधिले महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएकाले सभापति देउवासहित संस्थापन पक्षले यति बेला वडा अधिवेशनमै ध्यान केन्द्रित गरेको छ ।

Advertisement

उता संस्थापन इतर पक्षमा सभापतिका आकांक्षी रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइरालासहितका नेता देउवाको विकल्प खोज्नुपर्नेमा एक मत छन्। तर उनीहरू एकले अर्कालाई छाड्न तयार देखिएका छैनन्। उनीहरू सबैले देउवालाई हराउन आफूले मात्र सक्ने बताउँदै एकले अर्कालाई छाडिदिन आग्रह गरिरहेका छन्।

वडा अधिवेशन पहिला नै संस्थापन इतर समूहबाट साझा उम्मेदवार खडा गर्ने प्रयास असफल भएपछि त्यसको असर तल्लो तहसम्म पर्न नदिन उनीहरूले बिहीबार पत्रकार सम्मेलन गरेर साझा उम्मेदवारी दिने घोषणा गरेका छन्। तर आकांक्षीहरूलाई कहाँ कसरी व्यवस्थापन गर्ने र टिम मिलाएर अघि बढ्ने भन्ने ठोस प्रस्ताव कसैले पनि ल्याएका छैनन्। ‘मिल्न त मिल्ने तर कसरी भन्ने ठोस प्रस्ताव कसैबाट नआउँदा अन्तिममा सबैले आआफ्नो पसल (उम्मेदवारी) थाप्ने देखिन्छ’, एक नेताले भने ।

संस्थापन पक्षबाट पनि देउवाका साथै विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले नेतृत्वमा प्रतिस्पर्धा गर्ने जनाएका छन्। उपसभापति निधिले सम्पर्क कार्यालय नै स्थापना गरेर प्रचार थालेका छन्। यसबाट उत्साहित संस्थापन इतर समूहका नेतृत्व आकांक्षीहरू पहिलो चरणको मतदानबाट सभापतिको टुंगो नलाग्ने बुझाइमा छन्। देउवालाई पहिलो चरणमै निर्वाचित हुनबाट रोक्न सक्ने अवस्थामा इतर पक्षबाट जतिजना उम्मेदवार हुँदा पनि केही फरक नपर्ने उनीहरूको बुझाइ छ। ‘निधिले साथ छाडेको अवस्थामा देउवा पहिलो चरणमै सभापति हुन्छन् भन्ने ग्यारेन्टी छैन,’ ती नेताले भने, ‘बलियोतिर आकर्षित हुने भोट देउवातिर जान सक्थ्यो। निधि र श्रेष्ठले उम्मेदवारी दिए त्यो सम्भावना हुँदैन ।’

झन्डै ४७ सय प्रतिनिधि सहभागी हुने महाधिवेशनमा निधिका पक्षमा ५/६ सय भोट जान सक्ने र यसले देउवालाई पहिलो चरणमै सभापति छानिन रोक्ने विश्लेषण संस्थापन इतर पक्षको छ। पहिलो चरणमै सभापतिमा निर्वाचित हुन २३ सयभन्दा बढी मत आवश्यक पर्छ। पहिलो चरणमा देउवाका पक्षमा १२ सयदेखि १५ सय मत आउन सक्ने आकलन गर्दै एक नेताले भने, ‘कांग्रेसभित्र विद्यमान गुटहरूमध्ये देउवा समूह बलियो छ।

तर आजका दिनमा सभापति बन्न पुग्ने भोट त्यो समूहसँग पनि छैन ।’ निधिको साथ नहुँदा देउवालाई सभापतिमा निर्वाचित हुन कठिन हुने तर अन्य पदमा भने उनकै समूहका उम्मेदवार निर्वाचित हुनसक्ने सम्भावना रहेको उनले औंल्याए। सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशत कटाउनै पर्ने भए पनि अन्य पदमा भने धेरै मत ल्याउने उम्मेदवार विजयी हुने कांग्रेस विधानको व्यवस्था छ ।

पहिलो चरणमै सभापति बन्न आवश्यक मत देउवालाई प्राप्त नहुने विश्लेषण गरेका संस्थापन इतर पक्षका नेताहरू सहमतिका लागि धेरै प्रयास गर्नुभन्दा पनि पहिलो चरणमा आकांक्षीजति सबै मैदानमा खडा हुने सम्भावना रहेको निकटकाहरू बताउँछन्। सहमति निर्माण नभए नेता पौडेल भने प्रतिस्पर्धामा उत्रिने सम्भावना कम रहेको बताइन्छ। अहिलेसम्म शशांक, शेखर र प्रकाशमान तीनै जनाले एकले अर्कालाई छाड्ने अवस्था नरहेको एक नेताले बताए ।

१३औं महाधिवेशनपछि तेस्रो धारका रूपमा उदाएको कृष्णप्रसाद सिटौला समूहबाट सिटौला पनि मैदानमा उत्रिने बताउँदै आएका छन्। शशांक, शेखर, प्रकाशमानले मात्र होइन, सिटौला र निधिले पनि आफू नै दोस्रो बन्ने जिकिर गर्दै आएका छन्। सबै मैदानमा उत्रिएको अवस्थामा ४ देखि ७ सय मतमा समेटिने अवस्था आउनसक्ने र दोस्रो चरणमा सबै उम्मेदवार देउवाविरुद्ध गोलबद्ध हुने नेताहरूको बुझाइ छ ।

देउवा निकटका नेताहरू भने १३औं महाधिवेशनमा भन्दा आगामी महाधिवेशनमा देउवालाई सभापति बन्न सहज रहेको जिकिर गर्छन्। देउवा १३औं महाधिवेशनका तुलनामा अहिले पार्टीभित्र मात्र नभएर राष्ट्रिय राजनीतिमा पनि बलियो बनेको भन्दै उनी निकटका एक नेताले थपे, ‘पहिलो चरणमै उहाँ सभापतिमा निर्वाचित हुनुहुन्छ ।’ निधिले काट्ने भोट विजयकुमार गच्छदार समूहबाट पूर्ति हुने र पछि पार्टीमा प्रवेश गरेका सुनिल थापासहितको समर्थन पनि आफूहरूलाई भएकाले देउवा पहिलो चरणमै सभापति छानिने उनले दाबी गरे। उनले भने, ‘सिटौलासहितका नेताको समर्थन लिने प्रयास पनि गर्छौं ।’ यो समाचार आजको नागरिक दैनिकमा पत्रकार बालकृष्ण अधिकारीले लेखेका छन् ।

लोकप्रीय

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

विचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

थप समाचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति
मनोरन्जन

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२
संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याको सदस्यता मनमुटावले रोक्यो, महासचिवको जिब्रो चिप्लियो 

बुधबार साउन ७ , २०८२

हालका पोस्टहरू

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.