पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–नौबिसे सडक बन्द

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–नौबिसे सडक बन्द

२२ भदौ, काठमाडौं ।

मुग्लिन–नौबिसे सडक बन्द भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जोगीमारामा सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुईतर्फी नै बन्द भएको प्रहरीले जनाएको छ ।

अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट टोली खटिएको छ । सडक विभागको टोली आवश्यक उपकरणसहित खटिएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिए ।

ठूलो पहिरो खसेकाले सडक खुलाउन केही समय लाग्ने पनि उनले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.