बरामद सामान भन्सार बुझाईयो

बरामद सामान भन्सार बुझाईयो

मोरङ, असार २९

प्रहरीले लत्ताकपडासहित एक महिलालाई पक्राउ गरी बिहीबार विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको छ ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अबस्थामा सुनसरीको ईटहरी उप–महानगरपालिका १३ बस्ने ३६ बर्षिय अनितादेवी महतोलाई बुधबार अन्दाजी ७४ हजार मूल्य बराबरको लत्ताकपडा सहित एक महिलालाई पक्राउ गरेको थियो ।

लत्ता कपडासहित पक्राउ परेकी महतोलाई आवश्यक कारवाहीकालागी बिराटनगर भन्सार कार्यालय रानीमा बुझाईएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

त्यसैगरी रानी एरियाबाट बुधबार प्रहरीले चेकजाँचको क्रममा भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी १ लाख १० हजार मूल्य बराबरको सामानहरु समेत बरामद गरी भन्सार कार्यालय बुझाएको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.