आज निजामती कर्मचारी दिवस, ४० कर्मचारीलाई पुरस्कृत गरिँदै

आज निजामती कर्मचारी दिवस, ४० कर्मचारीलाई पुरस्कृत गरिँदै

२२ भदौ, काठमाडौ ।

आज निजामती कर्मचारी दिवस विविध कार्यक्रम गरेर मनाइँदैछ ।

‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’भन्ने नाराका साथ निजामती सेवा दिवस मनाइँदै छ ।

विसं २०१३ भदौ २२ गते पहिलो निजामती सेवा ऐन जारी गरिएका अवसरमा २०६१ सालदेखि यो दिवस मनाउन थालिएको हो ।

यसैबिच निजामती सेवा दिवस, २०७८ का अवसरमा आजै ४० कर्मचारीलाई पुरस्कृत गरिने भएको छ ।

पुरस्कृतमध्ये १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ भने ३० जनालाई निजामती सेवा पुरस्कारबाट सम्मानित गरिने भएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.