विराटनगर,असार २९
अब प्रदेश १ का बडिविल्डीङ र फिटनेस सेन्टरहरुलाई पनि करको दायरामा ल्याइने भएको छ । मोरङमा १७ सहित प्रदेश १ मा ३५ बटा बडिविल्डीङ र फिटनेस सेन्टर भएपनि करको दायरामा नआएकोले मोरङ बलिविल्डङ एण्ड फिटनेस एसोसिएसनले करको दायरामा ल्याउन पहल गर्ने भएको हो ।
विराटनगरमा मात्र २५ लाख देखि ५ करोड लगानी गरेर यस्ता फिटनेस सेन्टर संचालनमा ल्याइएको छ । तर पनि अझैसम्म यस्ता सेन्टरहरु करको दायरामा आउन सकेका छैनन । स्थानीय तहले करको दायरा फराकिलो बनाउनु पर्ने सुझावहरु आइरहेका बेला एसोसिएसनले यस्तो पहल गरेको एसोसिएसन मोरङका अध्यक्ष अमलेश कर्णले जानकारी दिए ।
यसैबीच विराटनगरमा पहिलो पटक एक हप्ते तालिम संचालन गरिने भएको छ । मोरङ बलिविल्डङ एण्ड फिटनेस एसोसिएसनले साउन ५ लेखि ११ गते सम्म विराटनगरमा प्रदेश स्तरीय तालिम दिन लागेको छ ।
वर्षौ देखी फिटनेस क्लवहरु संचालन हुदै आएका भएपनि दक्ष प्रशिक्षक नभएका कारण प्रशिक्षकलाई दक्ष बनाउन यस्तो तालिम दिन लागेको कर्णले जानकारी दिए । पछिल्लो समय फिट हुन, स्वस्थ हुन फिटनेस धाउनेको सङख्या बढ्दै गएकाले उपकरण, न्युट्रेसन, जस्ता कुरामा बढी ध्यान दिनुपर्ने भएकोले प्रशिक्षकहरुलाई तालिम दिन लागेको उनले बताए ।
वाहिरबाट हेर्दा मात्र एक्ससाइज जस्तो देखिएपनि यसका लागि धेरै कुरा मिलाउन आबश्यक भएको र नयाँ प्रविधिको वारे पनि ज्ञान हासिल गर्न तालिमको आयोजना गर्न लागिएको कर्णको जानकारी दिए । प्रशिक्षणका लागि काठमाण्डौ र विदेशबाट पनि प्रशिक्षक ल्याउने आयोजकले जनाएको छ ।