पीएनजीले टस जितेर ब्याटिङ रोज्यो, पहिले बलिङ गर्दै नेपाल

पीएनजीले टस जितेर ब्याटिङ रोज्यो, पहिले बलिङ गर्दै नेपाल

२२ भदौ, काठमाडौं ।

नेपालविरुद्धको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खलाअन्तर्गत पहिलो खेलमा पीएनजीले टस जितेर ब्याटिङ रोजेको छ। पहिलो इनिङमा नेपालले अब बलिङ गर्नेछ।

नेपालको बलिङ आक्रमणको नेतृत्व सोमपाल कामी, करण केसी, सन्दीप लामिछानेले गर्नेछन्। टिममा विक्रम सोब, गुल्सन झा र सुसन भारी पनि छन्। त्यस्तै अलराउन्डर पवन सर्राफ र कुशल मल्ल पनि छन्।

उपकप्तान दीपेन्द्र चन्दको गोलीगाँठोमा चोट लागेको कारण उनी खेल्ने नखेल्ने केहीबेरमा मात्र निश्चित हुनेछ। आज नेपालले नयाँ ओपनिङ जोडीका साथ खेल्ने छ। नेपाली टिममा रहेका कुशल भुर्तेल, आसिफ सेख, विक्रम सोब र गुल्सन झाले ओडीआईमा डेब्यु गर्न बाँकी छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.