गण्डकी प्रदेशको विकासमा सहकार्य गर्न विश्व बैंकलाई मुख्यमन्त्रीको आग्रह

गण्डकी प्रदेशको विकासमा सहकार्य गर्न विश्व बैंकलाई मुख्यमन्त्रीको आग्रह

२२ भदौ, काठमाडौं ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको विकासका लागि विश्व बैंकसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।

विश्व बैंकको नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोससँग सोमबार भेट गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको गरिबी, बेरोजगारी र असमानताको अन्त्यका लागि विश्व बैंक सहयात्री बन्ने विश्वास व्यक्त गरे।

भेटका अवसरमा विश्व बैंकले नेपालको समग्र विकासमा पु¥याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा अझ धेरै सहयोग हासिल हुने विश्वाससमेत व्यक्त गरे।

प्रदेशको अर्थतन्त्रको आकार सानो रहेको भन्दै मुख्यमन्त्री पोखरेलले यसले मुलुकको ग्राहस्थ उत्पादनमा जम्मा आठ प्रतिशत योगदान गर्ने बताए।

सीमित स्रोत साधन र विविध चुनौतीका बीच प्रदेशले आफ्ना सोच, लक्ष्य र प्राथमिकता निर्धारण गरी अगाडि बढेको अवस्थामा कोभिड महामारीले आर्थिक, सामाजिक अवस्थालाई असर पारेको उनले बताए। सुदृढ र आधुनिक यातायात सञ्जालले समृद्धिको मार्गप्रशस्त गर्ने उनको भनाइ थियो।

हिमाली जिल्लामा समेत प्रभावकारी यातायात सञ्जाल विकास गर्न नसकिएको उल्लेख गर्दै उनले प्रदेशको यातायातको सम्पर्क सञ्जाल प्रभावकारी बनाउन विश्व बैंकले मद्दत गर्ने विश्वास व्यक्त गरे।

मुस्ताङको कोरलानाकाबाट पोखरा, भीमाद, झ्यालबास हुँदै त्रिवेणी जोड्ने सडकलाई कम्तीमा दुई लेनको डेडिकेटेड सडकका रूपमा विकास गर्न सकेमा यो प्रदेशको स्वरूप नै फेरिने र यो मार्ग गण्डकी प्रदेशको समृद्धि मार्गका रूपमा रहने उनको भनाइ थियो।

विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले नेपालको सङ्घीयता सुदृढीकरणका लागि विश्व बैंक सदा अग्रसर रहेको बताए।

कनेक्टिभिटीलाई आफूहरूले प्राथमिकतामा राखेर सहयोग गर्दै आएको भन्दै उनले मुस्ताङलगायत जिल्लामा उत्पादित अग्र्यानिक सामग्रीको ब्राण्डिङ र बजारीकरणमा लगानी गर्न विश्व बैंक तयार रहेको जानकारी दिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.