२२ भदाै, एजेन्सी ।
अफगानिस्तानको अन्तिम प्रान्त पञ्जशिर प्रान्त पूर्ण नियन्त्रणमा लिएसँगै तालिवान नयाँ सरकार गठन गर्ने तयारीमा जुटेको छ ।
अब छिटै एक बिशेष समारोह बीच तालिबानले नयाँ सरकारको उद्घाटन गर्ने बताएको छ। तालिबानको सांस्कृतिक आयोगका उपप्रमुख अहमदुल्लाह वसीकले बताए अनुसार नयाँ सरकार गठन गर्दा देश र विदेशबाट पाहुनाहरुलाई आमन्त्रित गरिने छ ।
वसीकका अनुसार पञ्जशिर प्रान्त भित्र हाल कुनै प्रतिरोध गतिविधि छैन। साथै अफगाननिस्तानको पूननिर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह पनि गरिएको छ ।
यसैबीच पञ्जशीरका प्रतिरोध सेनाहरुले भने तालिबानको नियन्त्रणलाई कथित भन्दै बारम्बार अस्वीकार गर्दै आएका छन्। त्यस्तै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन अमेरिकि सेना फिर्ता भएपछि अफगानिस्तान को अवस्थाको बारेमा छलफल गर्न कतार पुगेका छन्। पञ्जशीर उत्तरी काबुलमा अबस्थित अफगानिस्तानको अन्तिम प्रान्त हो जुन तालिबानको नियन्त्रणमा आएको छ।