२२ भदाै, काठमाडौँ ।
अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध युवाहरुको समूहले त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गरेकाे छ ।
एमसीसी खारेज राष्ट्रिय अभियान, मार्क्सवाद अध्ययन समूह, स्वतन्त्र युवा जनसेवक समूह र उन्मुक्त पुस्ताले एमसीसीका विरूद्ध नाराबाजी गर्दै कालो झण्डा प्रदर्शन गरेका थिए । उनीहरुले ‘वी हेट एमसीसी, रिजेक्ट एमसीसी, गेट आउट एमसीसी, गो ब्याक एमसीसी’ लगायतका नारा लगाएका थिए ।
पाँच प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल आउने भनिएसँगै एमसीसीका विरूद्ध प्रदर्शनहरु बढेका छन् ।