काँग्रेस संसदीय दलको बैठक बस्दै

काँग्रेस संसदीय दलको बैठक बस्दै

२२ भदाै, काठमाडौँ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बैठक बस्ने  भएकाे छ ।

बैठकमा भोलिदेखि सुरु हुन लागेको सङ्घीय संसद् बैठकमा पार्टीको तर्फबाट तयारी, अध्यादेश र बजेटलगायत विषयमा छलफल हुने पार्टीका सचेतक पुष्पा भुषालले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा यही भदौ २३ गते अपरान्ह ४ बजे सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.