अदालतप्रति ओलीको आरोप : कांग्रेसले संसद् विघटन गरे सदर, एमालेले गरे बदर

अदालतप्रति ओलीको आरोप : कांग्रेसले संसद् विघटन गरे सदर, एमालेले गरे बदर

२२ भदाै, काठमाडौं।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतले पार्टी हेरेर संसद् विघटनलाई सदर र बदर गर्ने गरेको आरोप लगाएका छन्।

मंगलबार नेकपा एमाले कास्कीको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्ताे आरोप लगाएका हुन् । उनले संसदले काम गर्न पनि नसक्ने र बच्न पनि नसक्ने स्थितिमा पुगेपछि आफूले विघटन गरेको बताए।

 उनले भने ‘अदालतले त जे पनि फैसला गर्दा त मान्नुपर्छ। सबैलाई थाहा छ। मान्नुपर्ने भएपछि अदालतले पुनःस्थापना गरिदियो। एउटा साधारण नियम छ अदालतको। संविधानमा जेसुकै लेखिएको होस्। कांग्रेसले विघटन भयो भने सदर, एमालेले विघटन गर्यो भने बदर। त्यो पहिल्यैदेखि हो,’ उनले भने।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.