२२ भदाै, पोखरा ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्षौं पुरानो पार्टी कांग्रेसले एमालेसँग चुनाव लड्न आँट नगरिरहेको भए पनि भर्खरैको माधव नेपालको पार्टीले आफूहरूसँग मुकाबिला गर्ने सपना देखेको भन्दै व्यंग्य गरेका छन् ।
मंगलबार पोखरामा आयोजित एमाले भेलालाई सम्बोधन गर्दै उनले भने, ‘कांग्रेस हामीसँग लड्न आँट गरिरहेको छैन, माधव नेपालको पिउसो उम्रिन पाएको छैन, एमालेसँग मुकाबिला गर्ने सपना देख्छ ।’
उनले माधवकुमार नेपालको अगुवाइमा एमाले समाप्त पार्ने अभियान चलिरहेको बताएका छन् । ओलीले एमाले समाप्त पार्न प्रदेशहरुमा पनि मन्त्री बाँड्दै हिँडेको र स्थानीय तहमा पनि मेयरको टिकट दिउँला भनेर प्रलोभनमा पार्ने प्रयास भइरहेको बताए ।
‘विभिन्न खालका काम भए नेकपा एमालेको सरकार ढाल्नला कागि,’ उनले भने, ‘यस देशमा लोकतन्त्र राम्रोसँग चल्न नदिनको लागि एमालेविरुद्ध चारैतिरबाट पासो थाप्ने काम भयो । त्यसको अगुवाइ माधव नेपाल भन्ने एकजना व्यक्तिले आगडि-आगडि हिँडेर गरे।’
उनले माधव नेपाल विना एमाले अगाडि बढ्न सक्ने बताए । उनले भने , ‘माधव नेपाल ब्रिगेकामात्रै होइन, पतन भइसके । माधव नेपालबिनाको एमाले अब राम्ररी अगाडि बढ्छ ।’