रोनाल्डो विना नै पोर्चुगलको सहज जित

रोनाल्डो विना नै पोर्चुगलको सहज जित

२३ भदौ, काठमाडौं ।

कतार विश्वकप छनोट अन्तर्गत युरोपियन छनोट खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो विना नै पोर्चुगलले सहज जित निकालेको छ ।

मंगलबार राति अजरबैजानको बकी ओलम्पिया मैदानमा भएको खेलमा पोर्चुगलले अजरबैजानलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

समूह ’ए’ अन्तर्गत भएको खेलमा पोर्चुगलको जितमा बर्नान्डो सिल्भा, एन्द्रे सिल्भा र डियगो जोटाले १–१ गोल गरे ।रोनाल्डो विना नै मैदान प्रवेश गरेको पोर्चुगलले पहिलो हाफमा २ गोल गर्दा दोस्रो हाफमा थप १ गोल गरेको हो ।

सोही समूहको अर्को खेलमा आयरल्यान्ड र सर्बियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

शीर्ष स्थानमा रहेको पोर्चुगलले जितसँगै समूह ’ए’मा पाँच खेलबाट १३ अंक बनाएको छ । समान खेलबाट सर्बिया ११ अंकसहित दोस्रो स्थानमा छ । समान खेलबाट २ र १ अंक बनाएका आयरल्यान्ड र अजरबैजान क्रमशः तालिकाको चौथो र पाँचौ स्थानमा छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.