ड्राइभरलाई ढुंगाले हानेर १३ लाख लुट्ने पक्राउ

ड्राइभरलाई ढुंगाले हानेर १३ लाख लुट्ने पक्राउ

२३ भदौ, उदयपुर ।
उदयपुर कटारी नगरपालिका–८ बर्मी स्थित जंगलमा लिफ्ट मागेकै गाडी चालकलाई ढुंगाले हानेर बेहोस बनाई लाखाँै रुपैयाँ लुटपाट गर्ने व्यक्तिलाई २ घन्टा भित्रै प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने ओखलढुङगा चिसंम्खु गाउँपालिका–३ का ५४ बर्षीय रमेश कुमार श्रेष्ठ रहेका छन् । मंगलबार बेलुका ५ बजे उदयपुर कटारी नगरपालिका–४ का २५ बर्षीय प्रकाश श्रेष्ठले चलाएको प्रदेश नं २–०१–००१ च ०३६९ नम्बरको बोलेरोमा ओखलढुंङगा खाद्यान्न पुर्याएर काटारीतर्फ आउने क्रममा रमेशले म पनि ब्यापारी हो समान लिन कटारी जाने भनेर उक्त गाडीमा लिफ्ट मागी चढेर आएका थिए । आउने क्रममा बर्मी जंङगलमा पिसाब फेर्न बाहिर निस्किएका प्रकाशलाई रमेशले पछाडीबाट ढुङगाले गर्धनमा हानी बेहोस बनाई प्रकाशको साथमा रहेको रकम १३ लाख ७७ हजार ८ सय ९५ रुपैयाँ र मोबाइल समेत लुटपाट गरी फरार भएका थिए ।

केही समय पश्चात होसमा आएपछि प्रकाशले प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका–४ गबुवा जंगलबाट बेलुका ७ बजे लुटपाटमा संलग्न रमेशलाई लुटपाट गरेको नगद र मोबाईल सहित पक्राउ गरेको हो ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.