सर्पले डस्दा दुई बालिकाको मृत्यु

सर्पले डस्दा दुई बालिकाको मृत्यु

२३ भदाै, जलेश्वर ।

महोत्तरी जिल्लामा विषालु सर्पको डसेर दुई बालिकाको मृत्यु भएको छ ।

मृत्युहुनेमा मनरासिस्वा नगरपालिका–२ का चन्द्रशेखर सिंहकी चार वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका–२ का दाउद राइनकी सात वर्षीया छोरी सोहना खातुन छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले गएराति ती बालिकालाई सर्पले डस्दा मृत्यु भएको जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.