एमसीसीविरुद्ध २२ दलीय गठबन्धनको प्रदर्शन

एमसीसीविरुद्ध २२ दलीय गठबन्धनको प्रदर्शन

२३ भदौ, काठमाडौं ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध २२ दलीय गठबन्धनले  विरोध प्रदर्शन गरेको छ । गठबन्धनले बुधबार काठमाडौंको माइतीघरदेखि नयाँबानेश्‍वरसम्‍म एमसीसी सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

 

उनीहरुले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, एमसीसीविरुद्ध आवाज उठाउनेको धर-पकड बन्द गर लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा गठबन्धनको तर्फबाट सीपी गजुरेल, नेकपा (माले)का अध्‍यक्ष सीपी मैनाली लगायत सहभागी थिए ।

प्रतिनिधिसभाको अधिवेशन आजदेखि शुरू हुँदैछ । एमसीसी सदनमा पेस गर्ने तयारी भइरहँदा यसविरुद्ध आन्दोलन चर्किएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.