संसद अधिवेशन शुरु, सभामुखविरुद्ध एमालेको नाराबाजी

संसद अधिवेशन शुरु, सभामुखविरुद्ध एमालेको नाराबाजी

२३ भदाै, काठमाडौँ ।

प्रतिनिधिसभा बैठक सुरु भएको छ । तर, सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नै लाग्दा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले उठेर विरोध जनाएका छन् ।

त्यसपछि सभामुख सापकोटाले एमाले दलका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिएका छन् । भट्टराईले सभामुखबाट कानून उल्लंघन भएको भन्दै आपत्ति जनाएका छन् ।

एमालेले भदौ १ गते माधव नेपालसहित १४ जना प्रतिनिधिसभा सदस्यलाई निष्कासन गरिएको सूचना संसद सचिवालयलाई दिएकोमा सभामुखले कानून बमोजिम सूचना टाँस नगरी एमाले विभाजनमा भूमिका खेलेको आरोप छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.