एमालेको नाराबाजीपछि संसद्को दोस्रो बैठक पनि स्थगित

एमालेको नाराबाजीपछि संसद्को दोस्रो बैठक पनि स्थगित

२३ भदाै, काठमाडाैँ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को नाराबाजीका कारण प्रतिनिधिसभाको नवौँ अधिवेशनको दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी दलको नाराबाजीका बिच सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकका अध्यक्षता गर्नका लागि सांसदहरुको नाम मनोनयन गरेको पढेर सुनाए। जसमा चन्द्रकान्त चौधरी, मानबहादुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, रेणुकुमारी यादव, लालबाबु पण्डित, सत्य पहाडी, सरला कुमारी यादव रहेका छन् ।

सभामुख सापकोटाले आफु संविधान, नियम, कानून र ऐन अनुसार अगाडी बढ्न प्रतिवद्ध रहेको र आफुले संविधान, नियम, कानूनको बर्खिलाप केही नगरेको भन्दै पटक पटक बैठक सञ्चालन दिन अनुरोध गरेपनि प्रतिपक्षी दलले निरन्तर नाराबाजी गरेर बैठक सञ्चालन गर्न नदिएका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.