२४ भदौ, काठमाडौं ।
एमसीसीविरुद्ध त्रिभुवन विमानस्थलबाहिर विरोध प्रदर्शन भएको छ । एमसीसी राष्ट्रघाती सम्झौता खारेज गर्न माग गर्दै केही युवाले विमानस्थलको मूल गेटअगाडि प्रदर्शन गरेका हुन् ।
बिहिबार बिहान एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्स बिहान सवा ९ बजे कतार एयरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन् ।
प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।