पुरानो बानेश्वरनजिकै शंकास्पद वस्तु फेला, बम डिस्पोजल टोली घटनास्थलमा

पुरानो बानेश्वरनजिकै शंकास्पद वस्तु फेला, बम डिस्पोजल टोली घटनास्थलमा

२४ भदौ, काठमाडौँ ।

काठमाडौंको एक आँखा उपचार केन्द्रमा शंकास्पद वस्तु भेटिएको छ ।

पुरानो बानेश्वरनजिकै सेतो पुलस्थित मातृका आँखा अस्पतालको तेस्रो तलामा टाइमरजस्तो देखिने शंकास्पद वस्तु फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौं एसपी रमेश बस्नेतले जानकारी दिए । हाल नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ ।

यद्यपी शंकास्पद वस्तु विष्फोटक पदार्थ हो की होइन भन्ने अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.